Logo
Logo

नाइमाले आफ्नो स्थापनाको औचित्य पुष्टि गर्यो : अर्थमन्त्री


693
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मोबिलिटी क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि सरकारले निरन्तर काम गरिरहेको बताएका छन् ।

नाइमाले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को उद्घाटन गर्दै बोल्दै मन्त्री पौडेलले आगामी दिनमा मोबिलिटी क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि सरकारले निरन्तर काम गरिरहेको बताएका हुन् ।

साथै उनले खुलेको पहिलो वर्ष नै अटो एक्स्पो गरेर नाइमाले आफ्नो स्थापना पुष्टि गरेको बताए । उनले भने, ‘स्थापना भएको छोटो समयमा नै नाइमाले अटो शो गरेर आफ्नो स्थापनाको औचित्य पुष्टि गरेको छ । आगामी दिनमा मोबिलिटी क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि सरकारले निरन्तर काम गरिरहेको छ ।’

उनले सडक पूर्वाधार निर्माणको काममा सरकार दृढ भएर अगाडि बढ्ने बताए । ‘गुणस्तरीय सडकबिना कुनै पनि पूर्वाधारको प्रभावकारीता सम्भव छैन, त्यसैले सरकारले देशभरका सडकहरूलाई आधुनिक, स्तरीय र दिगो बनाउने अभियान अघि सारेको छ,’ उनले भने ।

मन्त्री पौडेलले पूर्वपश्चिम राजमार्ग अहिलेको आवश्यकता अनुसार पर्याप्त नभएको उल्लेख गर्दै काँकडभिट्टादेखि गड्डाचौकीसम्मको सडकलाई डेडिकेटेड फोरलेन वा सिक्स लेनको एक्सप्रेस सडकका रूपमा निर्माण गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्