
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक पेस नहुने बताएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री चौरसियाले समाजमा नकारात्मक असर पर्ने गरी तयार पारिएको विधेयक संसदमा पेस नगर्ने प्रतिवद्धता जनाएका हुन् ।
उनले भने, ‘समाजमा नकारात्मक असर पर्ने बहुविवाह सम्बन्धी व्यवस्था गरिएका विधेयक प्रतिनिधिसभामा सरकारले पेस नगर्ने प्रतिबद्धता जनाउँछु ।’
सरकारले विवाहित पुरुषले दोस्रो विवाह गर्र्न पाउने कानुन ल्याउन लाग्यो भन्दै प्रतिनिधिसभा र बाहिर चर्को विरोध भइरहेको छ ।














