झापा, ११ भदौ । झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो ।
प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको सशस्त्र प्रहरी बलका डिआइजी राजु अर्यालले बताए । गोरु काटेको अभियोगमा पक्राउ परेका दुई जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो ।
२०० भन्दा बढीको भीडले प्रहरीलाई आक्रमण गरेको भन्दै सशस्त्र प्रहरीले हवाई फायर गरेको जनाएको थियो । गोली लागेर भने एक जनाको मृत्यु भएको छ ।