Logo
Logo

नेकपा (एस)को स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सर्‍यो


1.9k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)ले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक सारेको छ । महासचिव घनश्याम भुसालले आइतबार पार्टीका सदस्यहरूलाई तीन वटै बैठकको मिति परिवर्तन भएको जानकारी गराएका हुन् । चाडपर्वका कारणले बैठक सारिएको जनाइएको छ । 

स्थायी कमिटीको बैठक भदौ २५ गते, पोलिटब्युरोको भदौ २६ गते र केन्द्रीय कमिटीको बैठक भदौ २७ र २८ गते बस्ने गरी सारिएको हो ।

सबै बैठक बिहान ११ बजे बस्नेगरी तय गरिएको छ । स्थायी कमिटी र पोलिटब्युरोको बैठक पार्टी केन्द्रीय कार्यालयमा गर्ने तय भएको भुसालले बताएका छन्। केन्द्रीय कमिटीको स्थान भने पछि तोक्ने तयारी छ।

यसअघि भदौ चार गतेका लागि स्थायी कमिटी बैठक, भदौ पाँच गतेका लागि पोलिटब्युरो र भदौ ८ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्