Logo
Logo

आमाले स्वघोषणा गरे सन्तानलाई नागरिकता दिलाउनुपर्छ : रमेश लेखक


630
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येयका साथ नागरिकता सम्बन्धी कानुनलाई संशोधन अघि बढाइएको बताएका छन् । 

The current image has no alternative text. The file name is: Ramesh-Lekhak.jpg

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ उपर सैद्धान्तिक छलफलका क्रममा गृहमन्त्री लेखकले सन्तानको आमा नै पहिलो संरक्षक हुने गरेको बताउँदै आमालाई नै जिम्मेवार बनाइएको जानकारी दिए । 

बुवाको पत्ता छैन अथवा म ल्याउन सक्दैन भनेर भनेको अवस्थामा आमाले स्वघोषणा गरेको अवस्थामा त्यसको सन्तानलाई नागरिकता उपलब्ध गराउने गरी विधेयक ल्याइएको उनले बताए । 

गृहमन्त्री लेखकले आमाको स्वघोषणा गलत सिद्ध भएमा नागरिकताका बारेमा प्रश्न गर्ने र सजायको व्यवस्था समेत गरिएको बताए । आमाको थर राखेर नागरिकता लिँदा सम्पत्तिको हकमा प्रतिकुलता ल्याउन सकिन्छ की भन्ने सांसदहरूको आशङ्कामा गृहमन्त्री लेखकले आमाकै थरबाट नागरिकता बनाएकै कारण पैतृक सम्पत्तिबाट वञ्चित हुनुपर्ने अवस्था नआउने स्पष्ट पारे । त्यस्तै उहाँले ब्रिटिस गोर्खाका सन्तानहरूले वंशजको आधारमा नागरिकता पाउने विषय संवेदनशील रहेको भन्दै यसमा संविधानमा नै संशोधन गर्नुपर्ने हो कि भन्ने आफ्नो धारणा रहेको जिकिर गरे । 

त्यसैगरी,अङ्गीकृत नेपाली नागरिकता प्राप्ति सम्बन्धी व्यवस्थामा बाबुको आधारमा विदेशको नागरिकता नलिएको भन्ने नागरिकता प्राप्त गर्ने व्यक्तिले मात्र स्वघोषणा गर्ने व्यवस्था भएकोमा निजको आमाले समेत स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री लेखकले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्