Logo
Logo

‘कुलिङ पिरियड’ प्रतिवेदन कार्यान्वयनबारे सभामुखले दलहरूसँग गरे छलफल


441
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदन त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको कार्यान्वयनका विषयमा अलग अलग छलफल गरेका छन् ।

The current image has no alternative text. The file name is: devraj-ghimire.gif

घिमिरेले आज सिंहदरबारस्थित कार्यकक्षमा संसदीय छानबिन विशेष समितिको कार्यान्वयनका विषयमा अलग अलग छलफल गरेका हुन् । सभामुखले सत्तारुढ एमाले मुख्य सचेतक महेश कुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग छलफल गरेका हुन् ।

सभामुखले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताए । कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधीन रहेको बताउँदै उनले दलहरूलाई साझा धारणा बनाउन आग्रह गरे। राज्यव्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवको रूपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको बताउँदै समितिको काम अब धेरै समय रोक्न नसकिने उल्लेख गरे। 

नेताहरूले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुखलाई सुझाव दिएका छन् । सभामुखले गएको शुक्रवार सचिवालयका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्य व्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा परामर्श गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्