Logo
Logo

गाई जात्रामा झडप, तीन जना पक्राउ


1.8k
Shares

काठमाडौं । भक्तपुरको गाईजात्रामा झडप भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । आइतबार राति न्यातापोल मन्दिरअगाडि युवाहरूबीच झडप भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भक्तपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले तीन जना नियन्त्रणमा लिइएको जानकारी दिए । साथै उनले युवाहरूबीच किन झडप भयो भन्नेबारे खुलिसकेको भन्दै उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको बताए ।

भिडिओमा केही युवाहरूले भुइँमा लडेका एक जनामाथि लाठी, मुक्का र लात्तीसमेत प्रहार गरेको देखिन्छ । उक्त घटनामा संलग्न केही घाइते भएको छन् । यस घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्