Logo
Logo

अनिल झाले छाडे लोसपा, सद्भावना पार्टीमा फर्किने तयारी


1.6k
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को वरिष्ठ नेता अनिल कुमार झाले राजीनामा दिएका छन् । झाले केहि महिना अगावै पार्टीबाट राजीनामा दिएका हुन् । उनको राजीनामा गत साउन ४ गते पार्टीले स्वीकृतसमेत गरिसकेको छ ।

अब उनी मातृ पार्टी सद्भावना पार्टीमा फर्किने तयारीमा छन् । आफू सद्भावनामा समाहित हुनकै लागि लोसपाबाट अलग भएको र त्यहीँबाट राजनीतिक जीवन अगाडी बढाउने झाले बताए । झा विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छन् ।

सद्भावना पार्टीमा आवद्ध भएर राजनीतिक जीवन सुरु गरेका उनी लामो समय सोही पार्टीमा रहे । पार्टी विभाजनको क्रममा उनी विभिन्न पार्टीमा आवद्ध हुँदै पछिल्लो समय महन्थ ठाकुर नेतृत्वको लोसपामा थिए । तर, अब लोसपा छोडेर पुनः सद्भावनामै फर्किँन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्