काठमाडौं । पर्सामा एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय राहुल साह छन् । उनी कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका व्यक्ति हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साकाका अनुसार उनी मङ्गलवार बिहान एक्कासी बेहोस भएका थिए । बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका उनलाई उपचारका लागि अस्पतालमा लगिएको अस्पतालमै मृत्यु भएको हो ।
नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको हो ।














