काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले मलको अभाव नरहेको भनेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको विषयमा सत्यता नरहेको दाबी गरेका छन् ।

किसानले मल नपाइरहेको अवस्थामा प्रधानमन्त्रीले मल अभाव नरहेको बताएकोमा उनले सरकारले कि यस्तो भनिरहेको भन्दै प्रश्न गरे । मङ्गलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानले कालोबजारीको मल महँगोमा किन्न किसान बाध्य रहेको बताए ।
किसानको समस्या पहिचान गरेर समाधान गर्न र कम्तीमा मल समयमै उपलब्ध गराउन उनको आग्रह छ ।














