Logo
Logo

जेलबाट छुटेको १५ दिनमै फेरी मोटरसाइकल चोरीमा पक्राउ


2.8k
Shares

काठमाडौं । सर्लाहीको बागमती नगरपालिका-१ का ३२ वर्षीय लालबहादुर घिसिङ मोटरसाइकल चोरीको आरोपमा काठमाडौंको गौशालाबाट पक्राउ परेका छन् ।

The current image has no alternative text. The file name is: arrested.jpg

उनले प्रविण तामाङको प्रदेश ३-०१२ प ४७७ नम्बरको आर १५ मोटरसाइकल चोरी गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट मोटरसाइकलको चाबी फुटाउने टी समेत बरामद गरेको छ । 

लालबहादुरविरुद्ध चोरी, डाँका र ठगीसम्बन्धी आधा दर्जनभन्दा बढी मुद्दा विचाराधीन छन् । उनी २०७९ वैशाखमा रौतहट, २०७९ भदौमा सर्लाही, २०८० भदौमा बानेश्वर, २०८० चैतमा काभ्रे, २०८१ वैशाखमा भक्तपुर र २०८१ असोजमा डलर ठगी मुद्दामा संलग्न थिए । २०८१ कात्तिकमा स्वयम्भूबाट ठगी मुद्दामा पक्राउ परेका उनी २०८२ साउन २६ मा कारागारबाट छुटेका थिए । हाल उनउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्