Logo
Logo

बागमती गाउँपालिका मुलुककै उत्कृष्ट स्थानीय तह


630
Shares

हेटौँडा । श्रमदानसहितको लगानीमा खेलकुद एकेडेमी, रङ्गशालालगायत संरचना बनाउन सफल मकवानपुरको बागमती गाउँपालिका खेलकुद क्षेत्रमा देशकै उत्कृष्ट स्थानीय तह बनेको छ ।

The current image has no alternative text. The file name is: hetauda.jpg

मुलुककै उत्कृष्ट स्थानीय तह बनेसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२औँ वार्षिकोत्सवमा बागमती गाउँपालिकालाई सम्मान गरिएको हो । 

आर्थिक अवस्था कमजोर भएकाले क्षमता भएर पनि माथि उठ्न नसकेका खेलाडीलाई खेलकुद एकेडेमीमा राखेर पढाइसँगै प्रशिक्षण गराउने उद्देश्यले खेलाडीको छनोट गरिरहेको पालिकाले जनाएको छ । 

पालिकाले सर्वाधिक पुरस्कार राशि रहेको गोल्डकपको आयोजना, श्रमदानबाट खेल मैदान निर्माण तथा खेलकुदका क्षेत्रमा बजेट विनियोजन गरेर योगदान गरेको भन्दै सम्मान गरिएको राखेपले जनाएको छ । नेपाली खेलकुद क्षेत्रको विकास र विस्तारमा पालिकाले गरेको कार्य उदाहरणीय रहेको भन्दै सम्मान गरिएको जनाइएको छ ।

सङ्घीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका सदस्य सचिव टङ्कलाल घिसिङलगायतले गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, पालिकाका खेलकुद समितिका अध्यक्ष रहरसिं थिङ, निवर्तमान अध्यक्ष अरुण बललगायतलाई सम्मानपत्र प्रदान गरे  । 

राखेपले हरेक वर्ष खेलकुद क्षेत्रमा गरेको लगानी, प्रतियोगिता आयोजना, पूर्वाधार निर्माण, खेलाडी उत्पादन, प्रोत्साहनलगायत विभिन्न नतिजाको मूल्याङ्कन गर्दै एक स्थानीय तहलाई सम्मान गर्दै आइरहेको छ । बागमती गाउँपालिकाले आफ्नै लगानीमा फुटबल रङ्गशाला निर्माण, फुटबल एकेडेमी सञ्चालन र राष्ट्रियस्तरको गोल्डकप सञ्चालन गर्दै आइरहेको छ ।

राखेपले आफ्नो वार्षिकोत्सवमा पाँच खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरेको छ । उक्त पालिकाले खेलकुद एकेडेमी सञ्चालन, रङ्गशाला निर्माण तथा सञ्चालन, विभिन्न प्रतियोगिता अयोजनालगायत विभिन्न खेलसम्बन्धी वार्षिक कार्यक्रम बनाएर बजेट विनियोजन गरिरहेको छ । हालै सम्पन्न राष्ट्रिय जुनियर उसु प्रतियोगितामा पालिकाले २५ वटा पदक प्राप्त गर्न सफल भएको छ । 

प्रतिक्रिया दिनुहोस्