Logo
Logo

पूर्वयुवराजको स्वास्थ्यमा सुधार


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १५ माघ : हृदयाघातका कारण अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ । 



शाहको बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्ट सकिएसँगै उहाँको अवस्थामा सामान्य सुधार आउन थालेको नर्भिक इन्टरनेशनल अस्पतालका डेपुटी जनरल म्यानेजर रामप्रसाद मैनालीले जानकारी दिनुभयो । 

शाहको उपचारमा प्रा डा यादव देव भट्टको नेतृत्वमा डा जेपी अग्रवाल, डा नग्मा श्रेष्ठ, डा सन्तोष श्रेष्ठलगायतको टोली खटिइएको अस्पतालले जनाएको छ । एक्कासि छाती दुखेपछि पूर्वयुवराज शाह सोमबार अपराह्न अस्पताल भर्ना भएका थिए । 
(रासस)

प्रतिक्रिया दिनुहोस्