
काठमाडौं । शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यलय आलोकनगरमा धर्ना दिएको छ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले आज नेकपा एसको पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।
महासंघले सत्तारुढ नेपाली कांग्रेसको कार्यलय, नेकपा एमालेको कार्यालय, प्रमुख प्रतिपक्षी नेकपा माओवादीको कार्यालयमा र नेकपा एकीकृत समाजवादीको कार्यलयमा धर्ना कार्यक्रम राखेको छ ।
पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत शिक्षकहरुले आज बिहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाएका छन् ।
सरकारले आफूहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दवाव दिन भन्दै शिक्षकहरुले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको महासंघले जनाएको छ ।














