Logo
Logo

५ नेपालीको मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ


756
Shares

काठमाडौं । एउटै गिरोहले भारतमा लगेर ५ जना नेपालीको मिर्गौला बेचेको खुलेको छ । भारतमा नेपालीको मिर्गौला बेच्ने गिरोहका मुख्य नाइके श्याम कृष्ण भण्डारीसहित सहयोगी सुजन भारती पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोले भण्डारीलाई कञ्चनपुर र भारतीलाई वीरगञ्ज नाकाबाट नियन्त्रणमा लिएको हो ।

The current image has no alternative text. The file name is: arrested-5.gif

उक्त गिरोहले सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङलगायत जिल्लाबाट विभिन्न प्रलोभन देखाएर नेपालीलाई भारत पु¥याई मिर्गौला बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘अप्रेसन लाइफ फिल्ड’ नामक अनुसन्धानबाट यो गिरोहले सयभन्दा बढी व्यक्तिको मिर्गौला बेचेको आशङ्का छ ।

भण्डारीले २५ जनाको मिर्गौला बेचेको स्वीकारे पनि पीडितको सङ्ख्या धेरै हुन सक्ने प्रहरीको दाबी छ । गिरोहले पीडितलाई ६ लाख भारतीय रुपैयाँ दिने प्रलोभन देखाउने गरेको थियो, तर एक पीडितले जम्मा ५ हजार मात्र पाएको खुलासा भएको छ ।

गिरोहले पीडितलाई दिल्लीको लाजपत नगरस्थित कस्तुरबा निकेतन होटलमा राखी स्वास्थ्य जाँच गरी बेहोस बनाएर मिर्गौला झिक्ने गरेको पाइएको छ । ब्यूरोमा ४ मुद्दा दर्ता भइसकेका छन् । गत साउन २० मा अन्य तीन जना पक्राउ परेका थिए । प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।
 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000