Logo
Logo

नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १५ माघ : सभामुख कृष्णबहादुर महराले साउदी अरेबियाको विकासमा नेपाली कामदारले महत्वपूर्ण योगदान गरेका नेपाली कामदारको भौतिक तथा पेशागत सुरक्षा एवं सेवा सुविधामा ध्यान दिन साउदी सरकारसँग आग्रह गर्नुभएको छ । 



सभामुख महरासँग नेपालका लागि साउदी अरेबियाका नवनियुक्त राजदूत मुसैद एस अल मारवानीले गर्नुभएको शिष्टाचार भेटवार्तामा सभामुख महराले सो आग्रह गर्नुभएको हो । भेटमा उहाँले नेपाली कामदारलाई रोजगारीको अवसर जुटाइदिएकामा साउदी अरेबिया सरकारलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो । 

भेटमा नेपालको संसदीय परम्परा, सङ्घीय संसद्को संरचना, शासन पद्धतिलगायतको जानकारी दिँदै सभामुख महराले सङ्घीय संसद्को तर्फबाट छिट्टै नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन गर्ने तयारी भइरहेको बताउनुभएको थियो । 

“हामीले सङ्घीय संसद्को तर्फबाट छिट्टै नेपाल–साउदी अरेयिबा संसदीय मैत्री समूह गठन गर्दैछौँ”, उहाँले भन्नुभयो, “संसदीय मैत्री समूह गठनले दुई देशबीचको संसदीय अनुभव आदानप्रदानका साथै राजनीतिक सम्बन्ध विस्तार गर्न सहयोग पु¥याउने मैले विश्वास लिएको छु ।” 

सो अवसरमा साउदी राजदूत मारवानीले आफ्नो कार्यकालमा साउदी–नेपाल सम्बन्ध थप मजबुत र घनिष्ठ बनाउन सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिनुभयो । 
(रासस)

प्रतिक्रिया दिनुहोस्