Logo
Logo

भक्तपुरमा आजदेखि इन्द्र जात्रा सुरु


63
Shares

भक्तपुर । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई आज भक्तपुरमा इन्द्र जात्रा सुरु भएको छ ।

The current image has no alternative text. The file name is: indra-jatara.gif

आज स्थानीयले इन्द्रायणी देवताको मूर्तिलाई खटमा राखेर खट जात्रा गरी ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात् सिद्धपोखरीमा पु¥याएर जात्रा मनाउछन् ।

इन्द्र दह अर्थात् सिद्धपोखरीमा इन्द्रायणी देवता पुर्याएपछि आज साँझदेखि रातभरि र भोलि दिनभर यहाँ भव्य मेला लाग्ने गर्दछ । आज रातभर जात्रा गरी भोलि पूर्णिमामा दिनभर मेलासँगै साँझ बाजागाजाका साथ पुनः भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहमा भित्र्याएपछि इन्द्र जात्रा सम्पन्न हुने परम्परा छ । 

नेपाल संवत् २१८ मा इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको संस्कृतकर्मी यज्ञ जोशीले जानकारी दिए ।  

स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास छ । उनले यसलाई ‘ञँकीदह’ पनि भन्ने गरिएको उहाँ बताउनुहुन्छ । यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बालेर झिलीमिली बनाउने प्रचलन छ ।

कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवर्द्धन पहाड औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झना स्वरुप इन्द्र दहमा मेला लाग्ने गरेको इतिहासविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् । राजतन्त्रको पराजय र जनताको विजयीका रूपमा पनि यो जात्रा मनाइने श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्