Logo
Logo

विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता


189
Shares

सकेतिक तस्बिर

जलेश्वर । महोत्तरीको बर्दिवासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक विगत चार दिनदेखि बेपत्ता रहेका छन् ।

बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर विद्यालय गएकामा उनी अहिलेसम्म फर्केर घर नआएको निजका काका प्रमोद पासवानले बताए ।

गौतम बेपत्ता भएपछि परिवारजनले प्रहरीचौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन् । इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी प्रमुख नायब उपरीक्षक प्रकाश बमले बालकको खोजी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्