काठमाडौं । भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जाल बन्दको विरोधमा जेएनजी पुस्ताले गर्ने आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पनि सहभागी हुने भएका छन् ।

जेनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । आइतबार फेसबुक पेजमा लेख्दै प्रसाईँले भ्रष्टाचारविरुद्धको यस महाअभियानमा सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई धन्यवाद समेत दिएका छन् । ‘यो देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैँ सरिक हुनेछ । गत चैत १५ जस्तो सरकारले दमन नगरोस्’, प्रसाईँले लेखेका छन् ।














