Logo
Logo

कांग्रेस नेता मोहम्मद साहबुद्धिनले आफ्नो परीक्षा दिन खटाए छोरा


2k
Shares

काठमाडौं । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको सट्टा परीक्षा दिँदै गरेको अवस्थामा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति मोहम्मद साहबुद्धिनका २५ वर्षीय छोरा मोहम्मद अफताब रहेका छन् ।

The current image has no alternative text. The file name is: birgaugng.gif

साहबुद्धिन र उनका छोरा अफताब वीरगन्ज महानगरपालिका-३, छपकैयाका बासिन्दा हुन् । आइतबार ठाकुरराम क्याम्पसमा सञ्चालित मानविकी संकायको राजनीतिशास्त्र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षा चलिरहेको थियो । सोही क्रममा सिम्बोल नम्बर १५२७०२३ का परीक्षार्थी साहबुद्धिनको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर अफताबले परीक्षा दिँदै गरेको फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

नक्कली परीक्षार्थीले परीक्षा दिइरहेको सूचनापछि परीक्षा हलमा जाँच गर्दा साहबुद्धिनको सट्टा अफताबले परीक्षा दिइरहेको पुष्टि भएको हो । उनलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ ।

पक्राउ परेका अफताब र नक्कली परीक्षार्थी पठाएर परीक्षा दिन लगाउने साहबुद्धिनविरुद्ध त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को दफा २७० (क) अनुसार कारबाही हुने क्याम्पस प्रमुख यादवले जानकारी दिए । पक्राउ परेका अफताबलाई वडा प्रहरी कार्यालय, वीर्तामा राखिएको छ । क्याम्पस प्रशासनले उनलाई परीक्षा हलबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्