Logo
Logo

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध पत्रकारको प्रदर्शन


315
Shares

काठमाडौं । सामाजिक प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । आइतबार पत्रकारहरूले काठमाडौंको माइतिघरमा सामाजिक प्लेटफर्म बन्दको विरोध गर्दै प्रदर्शन गरेका हुन् । 

The current image has no alternative text. The file name is: jourlist.gif

प्रदर्शनमा सहभागीहरूले जनताको मुख थुन्न पाइँदैन, सञ्जाल बन्द, आवाज बन्द, लोकतन्त्र ह्याक हुदैछ, लोकतन्त्र व्याक हुँदैछ, सरकारको निर्णय फिर्ता गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । सो क्रममा पत्रकार अगुवाहरूले सामाजिक प्लेटफर्म बन्द गरेर सरकारले नागरिकको अधिकार हनन गरेको भन्दै तत्काल निर्णय फिर्ता हुनुपर्ने माग गरेका थिए ।

यसै विषयमा सरकारको विरोधमा भोली सोमबार जेनजी पुस्ताले काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । जसमा काठमाडौं महानगरपालिका मेयर बालेन शाहले पनि समर्थन जनाएका छन् । त्यस्तै, मेडिकल व्यवसाय दुर्गा प्रसाईँले पनि जेनजीको आन्दोलनमा सहभागीता जनाउने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्