काठमाडौं । काभ्रे जिल्लाको विकट खानीखोला गाउँपालिकाको फुलडाडाँबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।गाउँपालिकाको समन्वयमा फुलडाडाँको रोचक श्रेष्ठको श्रीमती १९ वर्षीय आयुष्मा ब्लोनको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

लामो समयसम्म बेथा लागेको तथा दिसा पिसाब रोकिएका कारण आयुष्माको स्वास्थ्य अवस्था जटिल बनेको थियो । उनको खानीखोलाको गाउँपालिका केन्द्रस्थित ताल्ढुंगा स्वस्थ चौकीको बर्थिङ सेन्टरमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाडौंस्थित प्रसूति गृह थापाथलीमा ल्याइएको हो ।
थिङले डाँडापारि क्षेत्रमा अस्पताल नभएको स्वास्थ्य चौकीमा उपकरण अभावकै कारण उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । महिला तथा बालबालिका मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्दै आएको छ । कार्यविधि अनुसार सुत्केरी पोषण स्याहार तथा यातायातबापत २० हजार रुपैयाँ उपलब्ध गराइन्छ ।
सुत्केरी महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।














