काठमाडौं । भन्सार सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

सङ्घीय संसद्को दुवै सदनबाट पारित भई आएको उक्त विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो ।














