Logo
Logo

बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट


189
Shares

रौतहट । रौतहटमा बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट भएको छ । गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियाका दिनेश साहकी ३७ वर्षीया श्रीमती सङ्गीता देवीको बोक्सीले लगाएको टुनामुनाका कारण ज्यान गएको भन्दै मृतकका परिवारले आफ्नै छिमेकी ५५ वर्षीया महिलालाई चारपाटे कपाल काटेर मलमुत्र समेत खुवाएर निर्घात कुटपिट गरेका जनाइएको छ ।

The current image has no alternative text. The file name is: bokishi.gif

लामो समयदेखि दिनेशको परिवार बिरामी रहेको र आज आइतबार बिहान मृत्यु भएपछि बोक्सीले टुनामुना गरेको कारण सङ्गीताको ज्यान गएको भन्दै निर्घात कुटपिट गरी कपाल काटेर मलमुत्र खुवाएर गाउँमा समेत घुमाएको पीडितका श्रीमानले आरोप छ ।
पीडित पक्षका अनुसार श्रीमतीको मृत्यु भएपछि दिनेशका २२ वर्षीय छोरा गोल साह, छिमेकी विक्रम साहसहितको समूहले ५५ वर्षीया ती महिलामाथि अमानवीय व्यवहार गरेका हुन् ।

सामूहिक कुटपिटबाट घाइते भएकी महिलाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । सङ्गीतालाई ७-८ जना मिलेर कुटपिट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिट गर्ने फरार रहेका छन् । प्रहरीले उनीहरुको खोजीकार्य गरिरहेको छ ।

पीडित परिवार दोषीलाई पक्राउ गरी कार्यवाही गर्न भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दरखास्त दिएका छन् । बोक्सीको आरोपमा अधवैशे महिलालाई अमानवीय व्यवहार गर्ने दोषीहरुमाथी मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्