Logo
Logo

मिटर ब्याजपीडित फेरि आन्दोलनमा


252
Shares

काठमाडौँ । मिटर ब्याजपीडित फेरि आन्दोलनमा उत्रिएका छन्।

आफ्ना माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि मिटर ब्याजविरुद्ध संघर्ष समितिको अगुवाइमा उनीहरू आन्दोलित भएका हुन्। आइतवार उनीहरूले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

जाली तमसुक खारेज गरी मिटर ब्याज साहुलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ। मिटर ब्याज तिर्न नसक्दा गुमेको जग्गा फिर्ता दिनुपर्ने समेत उनीहरूको माग छ।

प्रतिक्रिया दिनुहोस्