
काठमाडौं । जेनजीहरुको प्रदर्शनका कारण माइतीघर–नयाँ बानेश्वर सडक प्रभावित भएको छ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीहरुले माइतीघर–बबरमहल–बानेश्वर सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरेपछि सडकमा सवारी आवागमन पूर्ण बन्द गरिएको हो । दुबैतर्फका सडकमा जेनजीहरु छपक्कै भएका छन् ।
बानेश्वर पुगेका उनीहरुलाई अहिले प्रहरीले एभरेष्ट होटल अगाडी ब्यारिकेड राखेर अघि बढ्नबाट रोकेको छ । आन्दोलन घोषणा गर्दा उनीहरुले संसद भवन अगाडि नै प्रदर्शन गर्ने बताएका थिए । उक्त स्थान निषेधित क्षेत्र भएकोले प्रहरीले चोक अगाडि नै रोकेको हो ।
भ्रष्टाचार, अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन् । जेनजीको आन्दोलनलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।














