Logo
Logo

संसदीय सुनुवाइ समिति सभापतिले लिए शपथ


126
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सभापति खतिवडाले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएका हुन् ।

यही भदौ २० गते शुक्रबार भएको निर्वाचनमा सभापति खतिवडा निर्विरोध चयन भएका थिए । त्यस अवसरम सभामुख घिमिरेले सभापति खतिवडालाई खादाले सम्मान गरे ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, एमालेका मुख्य सचेतक र नेपाली कांग्रेसका प्रमुख सचेतक, संसदीय समितिका सभापति र सांसदहरू उपस्थित थिए ।

नवनिर्वाचित संसदीय समितिका सभापतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सभामुखसमक्ष शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्