Logo
Logo

प्रहरीको घेरा तोड्दै संसद् भवन छिरे जेनजी


1.2k
Shares

काठमाडौं । प्रदर्शनमा उत्रिएका नयाँ पुस्ताका युवा जेनजीहरू नयाँ बानेश्वरस्थित संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । माइतीघरबाट बानेश्वर पुगेका उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

उनीहरू निषेधाज्ञा तोड्दै गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका जेनजीको प्रदर्शनलाई नियन्त्रणमा लिन अहिले प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्