Logo
Logo

पत्रकार श्याम श्रेष्ठलाई लाग्यो गोली


693
Shares

काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर कान्तिपुर टिभीका पत्रकार घाइते भएका छन् । जेनजीको प्रदर्शनको दृश्य संकलनक्रममा श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो ।

प्रदर्शनको दृश्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनले जनाएको छ ।

माइतीघरबाट सुरु भएको प्रदर्शनकारीको भिड अनियन्त्रित बन्दै नयाँबानेश्वरको संसद भवनभित्रै प्रवेश गरेको थियो । उनीहरुलाई रोक्ने प्रहरीको प्रयास असफल भएको थियो । नयाँबानेश्वर क्षेत्रमा अहिले कफ्र्य आदेश जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्