Logo
Logo

शितलनिवास, लैनचौर र सिंहदरबार क्षेत्रमा पनि कर्फ्यु


378
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीआईपी निवासलाई लक्षित गर्दै पाँच ठाउमा कफ्र्यु लगाएको छ ।
यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कफ्र्यु लगाएको प्रशासनले पछि त्यसलाई बिस्तार गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शितल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कफ्र्यु लगाएको हो ।

आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कफ्र्यु लगाइएको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्