Logo
Logo

एक जनाको मृत्यु भएपछि बानेश्वर क्षेत्र थप तनावग्रस्त


126
Shares

काठमाडौं । प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ ।

The current image has no alternative text. The file name is: samsad-aaglagi-genz.jpg

सो क्षेत्रमा कर्फ्यू लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् । संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ ।

प्रदर्शनकारीले बानेश्वर चोक कुनामा रहेको संसद् भवन परिसरमा बारम्बार आगजनीको प्रयास गरेका छन् । भागदौडमा कतिपय घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्