
काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । यसअघि आज दिउँसो १३ः १५ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको हो ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रियसभाको बैठक यही भदौ २५ गते बुधबार दिउँसो १३ः १५ बजे बस्नेगरि स्थगित गरिएको जानकारी दिए ।














