काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी युवाहरूले उठाएका माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेका छन् । मध्यपहाडी लोकमार्ग अभियानमा रहेका प्रचण्डले युवाहरूको माग जायज रहेको बताउँदै तिनलाई सम्बोधन गर्न जोड दिएका छन् ।

सोमबार नयाँ बानेश्वरमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेकोमा उनले आपत्ति जनाएका छन् । प्रदर्शनका क्रममा ७०-८० जना घाइते भएको र एक जनाको मृत्यु भएको खबरप्रति दुख व्यक्त गर्दै उनले घटनाको वास्तविकता सार्वजनिक गर्न माग गरेका छन् ।
प्रचण्डले जेनजी युवाहरूका माग जायज रहेका र ती तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेका छन् । प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट धेरै घाइते भएको र एक जनाको मृत्यु भएको खबरप्रति प्रचण्डले दु:ख व्यक्त गरेका छन् । साथै प्रचण्डले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।














