Logo
Logo

जेनजी आन्दोलनमा घुसपैठ भएको एमालेको आशङ्का


63
Shares

काठमाडौं । नेकपा एमालेले बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध जेनजीले गरेको आन्दोलनमा घुसपैठ भएको हुनसक्ने आशङ्का व्यक्त गरेको छ । 

The current image has no alternative text. The file name is: yanale.gif

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आन्दोलनमा राजनीतिक हस्तक्षेप भएको हुनसक्ने बताए । ‘जेनजीको आन्दोलनमा घुसपैठ भएको आशङ्का छ। यसलाई राजनीतिकरण गरिएको हाम्रो ठम्याइ छ,’ गौतमले भने ।

आन्दोलनका कारण सोमबार बानेश्वर क्षेत्रमा तनाव उत्पन्न भएको छ । आन्दोलनकारीहरूले संसद् भवन प्रवेश गर्न खोज्ने र पर्खाल भत्काउने प्रयास गरेपछि प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको बताइएको छ । स्थिति नियन्त्रण गर्न स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेको छ, तर आन्दोलनकारीहरू हटेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्