काठमाडौं । कास्की जिल्लामा सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नहुँदासम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले विज्ञप्ति जारी गर्दै उक्त आदेश लागू गरेको जानकारी दिएकी छन् ।

आदेशअनुसार पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन वा सभा गर्न पूर्णरूपमा निषेध गरिएको छ । प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले विज्ञप्ति निकालेर कर्फ्यू आदेश जारी गरेकी हुन् ।














