Logo
Logo

टिचिङ अस्पतालमा थप एक प्रदर्शनकारीको मृत्यु, गोली लागेर मृतकको संख्या ९ पुग्यो


0
Shares

काठमाडौं । टिचिङ अस्पतालमा उपचार गराइरहेका थप एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।

अस्पतालका सूचना अधिकारी डा. गोपाल सेढाईंका अनुसार छातीमा गोली लागेर गम्भीर घाइते भएका ती प्रदर्शनकारीको उपचारका क्रममा निधन भएको हो।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका उनलाई टिचिङ अस्पताल ल्याइएको थियो। डा. सेढाईंका अनुसार गम्भीर अवस्थामै ल्याइएका ती व्यक्तिलाई बचाउन चिकित्सकहरूले प्रयास गरे पनि सफल हुन सकेनन्।

यसअघि प्रहरीको गोली लागेर घाइते भएका ८ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ। पछिल्लो घटनासँगै प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या ९ पुगेको छ।

यो घटनाले प्रदर्शनको अवस्था झन् जटिल बन्दै गएको संकेत गर्छ। नागरिक र मानवअधिकार संगठनहरूले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। स्थिति नियन्त्रणमा लिन सरकारले वार्ता र संवादको विकल्प खोज्नुपर्ने आवाज समेत उठ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्