Logo
Logo

विमास्थलमा सुनको जाँच गर्ने मेसिन चलाउने सुब्बाविरुद्ध १४ करोड भ्रष्टाचारको मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १६ माघ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायव सुब्बा श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मद्दा दायर गरिएको छ ।

३३ किलो सुन तस्करीमा तानिएका उनलाई साढे १४ करोडभन्दा बढी ‘अकुत’ सम्पत्ति आर्जन गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनी रेडियो अपरेटर ९सुनको जाँच गर्ने मेसिन चलाउने० हुन् ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २०९२० अनुसार दुई वर्षसम्म कैद, भ्रष्टाचारवापतको चल अचल सम्पत्ति जफत र १४ करोड ६१ लाख बिगो मागसहित मुद्दा दायर भएको छ । उनी सुन तस्करीको आरोपमा २०७३ पुस २७ गते निलम्बनमा परेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्