विराटनगर — इटहरीमा जेन–जी युवाहरूको आन्दोलन हिंसात्मक मोड लिँदै गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रले अर्को सूचना जारी नभएसम्म लागू हुने गरी इटहरी चोक आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका हुन्।
आन्दोलन उग्र बन्दै गएपछि जेन–जी प्रदर्शनकारीहरूले इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेका छन्। आगो लगाउनेसहितको प्रदर्शन जारी रहँदा अवस्था नियन्त्रण बाहिर जान थालेपछि प्रशासनले कर्फ्यू जारी गर्न बाध्य भएको जनाएको छ।
प्रदर्शनकारीहरूले सरकारी सम्पत्ति तोडफोड र आगजनी गर्न थालेपछि सुरक्षाकर्मीहरू परिचालित गरिएको छ। स्थिति नियन्त्रणमा लिन व्यापक प्रहरी बल खटाइएको छ।














