Logo
Logo

जेन–जी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतक संख्या १७ पुग्यो


126
Shares

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेन–जी युवाहरूको आन्दोलन हिंसात्मक बन्दै जाँदा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। सोमबार भएको प्रदर्शनका क्रममा थप दुई जनाको ट्रमा सेन्टरमा मृत्यु भएसँगै कुल मृतक संख्या १७ पुगेको छ।

अस्पताल स्रोतका अनुसार ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ जना पुगेको छ। गम्भीर घाइते अवस्थामा भर्ना भएका प्रदर्शनकारीहरूको उपचारका क्रममा ज्यान गएको हो।

विभिन्न अस्पतालमा हालसम्म मृत्यु भएका विवरण यसप्रकार छन्स्

ट्रमा सेन्टरस् ९ जना

सिभिल अस्पतालस् ३ जना

एभरेष्ट अस्पतालस् ३ जना

केएमसी अस्पतालस् १ जना

त्रिवि शिक्षण अस्पतालस् १ जना

प्रदर्शनका क्रममा प्रहरीको गोली प्रहार, लाठीचार्ज र भगदडका कारण धेरै घाइते भएका थिए, जसको उपचार क्रममा लगातार मृत्यु हुनेको संख्या बढिरहेको छ। हाल राजधानीका विभिन्न अस्पतालमा अझै पनि गम्भीर घाइतेहरूको उपचार जारी छ।

You’re now using our basic model

प्रतिक्रिया दिनुहोस्