Logo
Logo

विश्व एथलेटिक्स च्याम्पियनसिपमा मुकेश पाल


0
Shares

काठमाडौं । जापानको टोकियोमा आयोजना हुने २०औँ विश्व एथलेटिक्स च्याम्पियनसिपमा नेपालका धावक मुकेशबहादुर पालले प्रतिस्पर्धा गर्ने भएका छन्।

आगामी सेप्टेम्बर १३ देखि २१ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा पालले १,५०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्। यस स्पर्धामा उनीसँग ३ मिनेट ४९ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको नेपाल एथलेटिक्स संघका महासचिव आर के विष्टले जानकारी दिए।

यसैबीच, सेप्टेम्बर १० देखि १३ तारिखसम्म जापानमा नै हुने विश्व एथलेटिक्स कंग्रेसमा नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह सहभागी हुने भएका छन्।

च्याम्पियनसिप र कंग्रेसमा सहभागी हुने टोलीलाई आज एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष ध्रुव आचार्य र कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठले बिदाइ गरेका छन्। टोली मंगलबार जापान प्रस्थान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्