विराटनगर — जेनजी आन्दोलन चर्किएसँगै विराटनगरमा मंगलबार र बुधबार (२ दिन) विद्यालय बन्द हुने भएको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सरोकारवालाको बैठकपछि स्कुलदेखि प्लस टु तहसम्मका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको हो।
प्याब्सन र हिसानको पहलमा स्थानीय प्रशासनले विद्यालय बन्दको निर्णय लिएको हो। प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरीका अनुसार आन्दोलनले पठनपाठनको वातावरण अवरुद्ध भएको भन्दै यो निर्णय लिनुपरेको हो।
पुरीले काठमाडौं उपत्यकामा पनि यस्तै निर्णय आउने संकेत दिएका छन्।














