काठमाडौं । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बनस्थलीमा डेरा गरेर बस्ने ३० वर्षीय सौरभ किशोर श्रेष्ठ र २२ वर्षीय सुसन बोहरा छन् ।

जेनजीको प्रदर्शनमा प्रहरीको गोली घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो । सुसन बोहराको छातीमा गोली लागेको अस्पतालले जनाएको छ । केएमसीमा २५ जनाको उपचार हुँदै छ । होप अस्पतालमा ५ जना र मेडिकेयरमा १ जना घाइतेको उपचार भइरहेको छ ।














