
काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले चक्रपथभित्र कफ्र्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीको आदेशमा आज बिहान ८ः ३० बजेदेखि लागू हुनेगरी अनिश्चितकालका लागि कफ्र्यू आदेश जारी गरिएको हो ।
काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू–भागमा कफ्र्यू आदेश जारी गरिएको हो ।
कफ्र्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएको छ ।
सोमबार जेनजीले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यू भएपछि थप तनावपूर्ण अवस्था सिर्जना हुन नदिन भन्दै कफ्र्यू आदेश जारी गरिएको हो ।















