
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सोमबार इटहरीमा दुई जना युवकको मृत्यु भएपछि सुनसरीका स्थानीय तहहरुले आज शोक बिदा दिएका छन् ।
सोमबार भएको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र अर्का नाम नखुलेका युवकको मृत्यु भएको थियो ।
दुवै जनाको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । जेनजीको प्रदर्शन उग्र बन्दा देशभर १८ जनाको मृत्यु भएको छ भने चार सय भन्दा बढी घाइते भएका छन् ।














