
काठमाडौं । काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन् ।
सोमबार भएको जेनजीको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो भएको र त्यसको जिम्मेवार डीआईजी राना भएको भन्दै गृह मन्त्रालयले उनलाई हटाएको हो ।
उनको ठाउँमा एआईजी दानबहादुर कार्कीलाई खटाइएको छ । सोमबार भएको जेनजीको शान्तिपूर्ण आन्दोलन उग्र बन्दा देशभर १९ जनाले ज्यान गुमाए भने चार सय बढी घाइते भएका छन् ।














