Logo
Logo

प्रचण्ड निवासमा तोडफोड, प्रहरी बिटमा आगजनी


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड भएको छ । सोमबार १९ जनाको मृत्यु भएपछि आक्रोशित बनेका जेनजी प्रदर्शनकारी प्रमुख नेताको निवास केन्द्रीत भएका हुन् ।

खुमलटारस्थित प्रहरी बिटमा आगजनी गरेर अघि बढेको आक्रोशित समूहले प्रचण्डको निवास पुगेर गेट अगाडी ढुंगामुढा गरिरहेका छन् । उनीहरु गेट फोडेर घरभित्र पस्ने कोशिस गरिरहेका छन् ।

आज बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ । एक समूहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ ।
आजै बिहानै हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि आगजनी भएको छ ।

प्रतिक्रिया दिनुहोस्