
काठमाडौं । प्रदर्शनकारीहरुले प्रमुख तीन दलका शीर्ष नेताको घरमा आगजनी र तोडफोड गरेका छन् ।
बालकोटस्थित प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली निवास, बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवास र खुमलटारमा माओवादी पुष्पकमल दाहाल प्रचण्ड निवासमा आज बिहान आन्दोलनकारीहरुले आगजनी तथा तोडफोड गरेका हुन् ।
सोमबार भएको प्रदर्शनमा १८ जनाको मृत्यु र चार सय भन्दा बढी घाइते भएपछि आक्रोशित भएका जेनजीहरु आज दोस्रो दिन झन देशभर आन्दोलन चर्काएका हुन् ।














