Logo
Logo

भरतपुरमा पनि कर्फ्यू आदेश जारी


189
Shares

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरमा कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार पूर्वतर्फ केन्द्रीय बस टर्मिनल, पश्चिमतर्फ नारायणी नदीको पुल, उत्तरतर्फ पोखरा बसपार्कदेखि विशालचोक र दक्षिणतर्फ त्रिचोकलाई चार किल्ला तोकेर सो क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको हो ।

मंगलबार मध्याह्न १२ बजेदेखि अर्को आदेश नभएसम्मकी लागि कर्फ्यू तोकिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । कर्फ्यूको अवधिमा अत्यावश्यक सेवाका साधनहरू एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरूलाई आवागमनमा सहजीकरण गरिने प्रशासन कार्यालयले जानकारी दिएको छ।

यद्यपि, हवाई टिकटको आधारमा हवाई यात्रुको आवागमनमा सहजीकरण गर्ने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्