
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन्। सोमबार भएको जेनजी प्रदर्शनमा १९ जनाको ज्यान गएपछि मन्त्री चौधरीले राजीनामा दिएका हुन् ।
यसअघि आजै बिहान कृषिमन्त्री रामनाथ अधिकारी, खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका थिए ।














