Logo
Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द


819
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको हो ।

आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जेनजी युवाहरुको आन्दोलन चर्किएपछि विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्